कौटिन्हो भित्र्याउने तयारीमा आर्सनल

आर्सनलले कौटिन्हो साइन गर्न सक्ने खबर आएको छ। आर्सेनल र बार्सिलोना प्रि-सिजन खेल खेल्ने छन् र उक्त खेलमा आर्सनलका प्रमुख बार्सिलोनाका प्रतिनिधिहरुसंग भेट्ने खबर छ र उक्त भेटमा आर्सनलले कौटिन्होलाई लोनमा साइन गर्न प्रक्रिया अगि बढाउने कुरा छ।

कौटिन्होलाई बेच्न बार्सिलोना निकै आतुर रहेको खबर छ र उनको लागि धेरै प्रस्ताव नआएर बार्सिलोना अन्योलमा रहेको खबर आउंदा प्रिमियर लिगको एक टिम जसको नाम खुलेको छैन, कौटिन्होलाई साइन गर्न खोज्दै गरेको खबर आएको थियो र त्यो क्लब आर्सनल हुन सक्ने खबर छ।