आर्सनललाई पछि पार्दै स्टार खेलाडी भित्राउने प्रयासमा बायर्न म्युनिख

जर्मन क्लब बायर्न म्युनिख, प्रिमियर लिग क्लब आर्सनललाई पछि पार्दै वेस्ट ह्यामका स्टार मिडफिल्डर डेक्लन राइसलाई साइन गर्ने प्रयासमा रहेको जानकारी छ।

सिजनको सुरुवात देखि आर्सनल वेस्ट ह्यामका इंगलिस मिडफिल्डर डेक्लन राइसलाई साइन गर्ने योजनामा रहेको थियो र यो गर्मीको ट्रान्सफर विन्डोमा उनलाई साइन गर्ने प्रयास गर्ने आर्सनलको योजना रहेको बेला हाल खबर अनुसार जर्मन क्लब बायर्न म्युनिख पनि उक्त दौडमा सामेल भएको छ र आर्सनललाई पछि पार्ने प्रयासमा बायर्न रहेको छ।

डेक्लन राइस यो सिजनको अन्त्य पछि क्लब छोड्ने विचारमा रहेका थिए र वेस्ट ह्याम पनि उनलाई बेच्न इच्छुक रहेको छ। उनको लागि वेस्ट ह्यामले १०० मिलियन युरो सम्मको माग गर्ने जानकारी छ।

आर्सनलका कोच मिकेल आर्टेटा उनलाई साइन गर्न धेरै इच्छुक रहेका छन् भने बायर्नका कोच टुचेल पनि उनको ठुलो फ्यान रहेका छन् जसको कारण दुई क्लब बिच उनको लागि प्रतिस्पर्धा हुने देखा परेको छ।

वेस्ट ह्यामले यूईएफए युरोपा कन्फरेस लिगको फाइनलमा फियोरेन्टिना विरुद्ध खेल्दै छ र उक्त खेल पछि क्लबहरूले राइसको लागि आधिकारिक प्रस्ताव पठाउने खबर रहेको छ।

वेस्ट ह्याममा मिडफिल्डर डेक्लन राइसको प्रदर्शन निकै उत्कृष्ट रहेको छ जसको कारण धेरै क्लबहरूको नजर उनी माथि रहेको छ। आर्सनल र बायर्न सहित म्यान्चेस्टर युनाइटेडको नाम पनि उनी संग जोडिएको छ।

वेस्ट ह्याम सिनियर टिमको लागि हाल सम्म डेक्लन राइसले २४४ खेल खेलेका छन् र १५ गोल र १३ असिस्ट गर्न सफल भएका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ