आर्सनललाई पछि पार्दै युभेन्टसले स्टार मिडफिल्डर साइन गर्न सक्ने

युरो २०२०का उत्कृष्ट प्रदर्शनकर्ता इटालियन स्टार मिडफिल्डर मेनुएल लोकाटेलीलाई साइन युभेन्टस नजिक रहेको खबर छ। प्रिमियर लिग क्लब आर्सनल पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर थियो भने हाल खबर अनुसार आर्सनललाई पछि पार्दै लोकाटेलीलाई साइन गर्ने क्रममा युभेन्टस रहेको छ।

२३ वर्षका मिडफिल्डरको २०/२१ सिजनमा सिरी ए क्लब यू.एस. सासुओलो कलसिओमा निकै राम्रो खेल रहेको थियो भने हाल युरो २०२०मा इटालियन राष्ट्रिय टिममा पनि उत्कृष्ट प्रदर्शन रहेको थियो। उनको राम्रो प्रदर्शनको कारण धेरै क्लबको नजर उनी माथि रहेको थियो भने युभे र आर्सनलले उनको लागि प्रस्ताव पनि पठाएको छ।

आर्सनलको प्रस्ताव सासुओलोले स्वीकार गरे पनि लोकाटेली युभेन्टसमा खेल्न इच्छुक रहेका थिए भने युभेन्टसबाट खेल्ने उनको बच्चा बेला देखिको सपना रहेको उनको दाबी थियो।

उनको लागि सासुओलोले €४० मिलियनको माग गर्दै आएको छ जुन तिर्न आर्सनल तयार रहेको छ भने युभेले एक वर्षको लोन पछि €३० मिलियनमा उनलाई साइन गर्ने प्रस्ताव पठाएको थियो जुन सासुओलोले अस्वीकार गरेको छ।

हाल युभे अझै पनि लोकाटेलीलाई साइन गर्ने वार्तामा रहेको छ भने लोकाटेलीको मुख्य प्राथमिकता युभेन्टस रहेको खबर छ।