शाख्तर डोनेट्स्कका युक्रेनी स्टार विंगर मिखाइलो मुड्रिकलाई साइन गर्न प्रिमियर लिग क्लब चेल्सी सफल भएको छ।
उनलाई साइन गर्न आर्सनल पनि धेरै इच्छुक रहेको थियो तर चेल्सीले आर्सनलको भन्दा ठुलो प्रस्ताव पठाए मुड्रिकको लागि शाख्तर डोनेट्स्क सँग सहमतिमा पुग्न चेल्सी सफल भएको हो ।
Mykhaylo Mudryk is now completing his medical tests as Chelsea plan to have all official contracts signed in the next few hours. 🔵🩺🇺🇦 #CFC
Mudryk contract will be valid until June 2030 as it helps the club for Financial Fair Play and amortization. pic.twitter.com/rcMOGfrdnP
— Fabrizio Romano (@FabrizioRomano) January 15, 2023
मुड्रिकको उत्कृष्ट खेलको कारण उनको तुलना ब्राजिलियन सुपरस्टार नेमार सँग हुने गरेको छ भने उनलाई मिडियाहरूले ‘युक्रेनी नेमार’ भनेर पनि भन्ने गरेको छ। उनलाई साइन गर्न आर्सनलले उनको लागि ३ पटक प्रस्ताव पठाए पनि चेल्सीले पठाएको €१०० मिलियनको प्रस्ताव शाख्तरले स्वीकार गरेको थियो।
मुड्रिक र आर्सनल बिच व्यक्तिगत सर्तमा सहमति भए पनि आर्सनल र शाख्तर डोनेट्स्क बिच सहमति नभए पछि उनी सँग चेल्सीले ७ वर्षको सम्झौता गरेको छ।
उनको खेलको कारण धेरै क्लबहरूको नजर उनी माथि परेको बेला शाख्तर डोनेट्स्क उनको लागि१०० मिलियन युरो सम्म माग गर्दै आएको थियो जुन तिर्न चेल्सी तयार भए पछि दुई बिच सम्झौता भएको हो र उनले चाडै चेल्सीमा मेडिकल गर्ने जानकारी छ।
🚨 Chelsea have reached an agreement with Shakhtar Donetsk for Mykhailo Mudryk. €70m + €30m add-ons. 7+ year contract agreed. Leaving Turkey for London to undergo medical. Not signed yet but done deal. W/ @SJohnsonSport @AdamCrafton_ @TheAthleticFC #CFC https://t.co/LlFyvfQvho
— David Ornstein (@David_Ornstein) January 14, 2023
डोनेट्स्कका लागि मिखाइलो मुड्रिकले हाल सम्म ३९ खेल खेल्दै ९ गोल र १६ असिस्ट गरेका छन् भने अब आर्सनलले उनको विकल्पमा अर्को खेलाडी खोज्ने खबर छ।