आर्सनलमाथी लिभरपुलले गर्यो गोलको वर्षा

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनलमाथि सानदार जित दर्ता गरेको छ । शनिबार राति घरेलु मैदानमा लिभरपुलले घरेलु मैदान एन्फिल्डमा आर्सनललाई ४–० गोलान्तरले हराएको हो ।

लिभरपुलको जितमा साडियो माने, डिएगो जोटा, मोहम्मद सालाह र टाकुमी मिनामिनोले एक–एक गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

खेलको ३९औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

५२औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

खेलको ७३औँ मिनेटमा सालाह र ७७औँ मिनेटमा मिनामिनोले गोल गरेपछि लिभरपुलले एकतर्फी जित दर्ता गरेको हो ।

जितसँगै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । उसले १२ खेलमा २५ अङ्क जोडेको छ । आर्सनल भने २० अङ्कका साथ पाँचौँ स्थानमा छ ।