आर्सनलमाथी म्यान्चेस्टर सिटीको शान्दार जित

इन्ग्लिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई उसैको मैदानमा ३-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा केभिन डी ब्रुएनले दुई गोल गरे । यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरे ।

घरेलु टोलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले दोस्रो मिनेटमै ब्रुएनको गोलमा अग्रता बनाएको थियो ।

खेलको १५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ४० औं मिनेटमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै सिटीले १७ खेलबाट ३५ अंक जोडेको छ । तेस्रो स्थानको सिटीले शीर्ष दुई क्लबसँगको अंक दुरी समेत कम गरेको छ ।

लिग लिडर लिभरपुलको ४९ अंक रहदा दोस्रो स्थानको लेष्टर सिटीको ३९ अंक रहेको छ ।

लिगमा २२ अंक जोडेको आर्सनल नवौं स्थानमा रहेको छ ।