आर्सनलबिरुद्ध म्यान्चेस्टर सिटीको पुनरागमन जित

इङलिस प्रेमिएर लिगमा सनिबार भएको खेलमा आर्सनलमाथी म्यान्चेस्टर सिटीले उत्कृष्ट जित निकालेको छ ।

आर्सेनलको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता लिएको आर्सनलले दोस्रो हाफमा दुई गोल खादै २-१ को हार बेहोर्नु पुग्यो ।

खेलको ३१ औं मिनेटमा आर्सनलका साकाले गोल गर्दै १-० बनाएको थियो ।

दोस्रो हाफको ५७ औं मिनेटमा सिटीका मार्ह्रेजले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

खेलको अन्तिम मिनेटमा सिटीका रोड्रीले गोल गर्दै म्यान्चेस्टर सिटीलाई २-१ को जित दिलाउन सफल भयो ।

जितसंगै म्यान्चेस्टर सिटीले शीर्ष स्थानमा फराकिलो अग्रता बनाउन सफल भएको छ भने आर्सनल चौथो स्थानमा यथावत रहेको छ ।