ईङ्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाईटेडमाथि आर्सनलले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा लण्डन क्लब आर्सनलले युनाईटेड क्लबलाई २–० गोल अन्तरले हराएको हो ।
आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरे ।
लण्डन क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारीमा आएका मिकेल अर्टेटाले पहिलो जित निकालेका छन् ।
आर्सनलको दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
सईद कोलासिनाकको पासलाई सदुपयोग गर्दै आठौं मिनेटमा निकोलासले लण्डन क्लबलाई अग्रता दिलाएका थिए । चालू सिजनमा उनको यो पाँचौ गोल हो ।
४२ औं मिनेटमा पापस्तथोपोलोसले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर बनाएका थिए ।
पाहुना टोली युनाईटेडका पाउल पोग्बा चोटका कारण लण्डन भ्रमणमा निस्किएका थिएनन् ।
ओले गुनर सोल्सायरले पछिल्लो नौ खेलमा मात्र एक खेलमा हार ब्यहोरेका छन् । युनाईटेडले दाेस्राे हाफमा सुधारिएकाे खेल प्रर्दशन गरेकाे थियाे । तर उसले लण्डन क्लबकाे डिफेन्स लाइन ताेड्न भने सकेन ।
जितसंगै आसएनल २१ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । युनाईटेड ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।