आर्सनलबिरुद्ध चेल्सीको रोमान्चक जित

इङलिस प्रेमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा आर्सनलमाथी चेल्सीले पुनरागमन जित निकालेको छ ।

खेलमा आर्सनलका कप्तान औबामेयाङले १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा चेल्सीले ४ मिनेटमा २ गोल फर्काउदै जित्न सफल भयो ।

८३ औं मिनेटमा चेल्सीका जोर्जिन्होले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

८७ औं मिनेटमा ट्यामी अब्राहमले गोल गर्दै चेल्सीलाई २-१ को रोमान्चक जित दिलाउन सफल भयो ।

जितसंगै चेल्सी चौथौ स्थानमा यथावत रहेको छ भने आर्सनल १२ औं स्थानमा रहेको छ ।