आर्सनलको शानदार जित, फ्लोरेन्टिना पराजित

इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा आर्सनलले दोस्रो सहज जित निकालेको छ।

शनिबार राति सम्पन्न खेलमा आर्सनलले फ्लोरेन्टिनालाई ३-० गोलले पराजित गरेको हो। आर्सनलको लागि एडि निकेयाहले २ गोल गरे। त्यस्तै आर्सनलका जोस विलोकेले १ गोल गरे।

खेलको १५ र ६५ औँ मिनेटमा निकेयाहले गोल गरेका थिए । खेलको ८९ औँ मिनेटमा विलोकेले गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए ।

आर्सनलले पहिलो खेलमा वायर्न म्युनिखलाई पराजित गरेको थिय।