आर्सनलको प्रस्ताव स्टार स्ट्राइकरद्वारा अस्वीकार

फियोरेन्टिनाका स्टार स्ट्राइकर डुसान भ्लाहोभिकले प्रिमियर लिग क्लब आर्सनलको प्रस्ताव अस्वीकार गरेको खबर छ।

आर्सनल यो ट्रान्सफर विन्डो नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र फियोरेन्टिनाका स्टार स्ट्राइकर डुसान भ्लाहोभिक आर्सनलको मुख्य प्राथमिकता हुने जानकारी थियो।

आर्सनल हाल आफ्नो दुई स्टार लाकाजेट र औबामेयाङ बेच्ने योजना बनाएको छ र आर्सनलको  ध्यान नयाँ स्ट्राइकर साइन गर्नेमा रहेको थियो तर हाल खबर अनुसार भ्लाहोभिकले प्रस्ताव अस्वीकार गरेका छन्। सर्बियन स्ट्राइकर साइन गर्न आर्सनलले £४६ मिलियन र आफ्नो मिडफिल्डर लुकास टोरेराको प्रस्ताव गरेको जानकारी छ।

भ्लाहोभिक सँग भने आर्सनलमा जान चासो नरहेको खबर छ र आफू आर्सनल भन्दा ठुलो ‘महत्वाकांक्षी परियोजना’ सामेल हुने उनको चाहना रहेको डेली मेलले जनाएको छ।

यो सिजन डुसान भ्लाहोभिकको फम भने निकै राम्रो रहेको छ। फियोरेन्टिनाको लागि २२ खेलमा उनले १८ गोल गरेका छन् भने उनलाई साइन गर्न चेल्सी, बार्सा र म्यान सिटी जस्तो क्लबहरू पनि इच्छुक रहेको चर्चा छ।