आर्सनलको डक्युमेन्ट्रीका केही भागहरु रद्द गर्ने योजना

एजेन्सी, इङलिस फुटबल क्लब आर्सनलको क्लबका बारे रहेको “अल अर नथिङ” नामक ड्क्युमेन्ट्रीका भागहरु पुनर्गठन गर्नुका साथै केही भागहरु रद्द गर्ने योजना रहेको देखिन्छ। रिपोर्टका अनुसार आर्सनलको यस प्रेमियर लिग सिजनको सुरुवात आशा अनुरुप नभएकाले क्लबले उक्त निर्णय लिन लागेका हुन्।

यस प्रेमियर लिग सिजनको सुरुवाती तिनै खेलमा आर्सनलले हार बेहोर्नु परेको छ। हाल अर्सनल शुन्य अंक सहित अंक तालिकाको अन्तिम स्थानमा छन्। रिपोर्टका अनुसार क्लबले उक्त ड्क्युमेन्ट्रीमा यस प्रेमियर लिग सिजनका सुरुवाती भागहरु रद्द गर्ने छन्।
अर्सनलले यस प्रेमियर लिग सिजनको सुरुवाती खेलमा ब्रेन्ट्फर्डसँग २-० को हार बेहोर्नु परेको थियो भने क्लबले हालै यस सिजनको तेस्रो खेलमा म्यान्चेस्टर सिटि सँग ५-० को हार बेहोरेका थिए।