ला लिगाका क्लब रियल मड्रिड आर्सनलका ब्राजिलियन स्टार ग्याब्रियल जेसुसलाई अर्को वर्षको गर्मीको ट्रान्सफर विन्डोमा साइन गर्न इच्छुक हुने रिपोर्ट छ।
Carlo Ancelotti has reportedly picked Arsenal forward Gabriel Jesus as his ideal successor to Karim Benzema at Real Madrid 😳
— Transfermarkt.co.uk (@TMuk_news) October 31, 2022
ग्याब्रियल जेसुस गत ट्रान्सफर विन्डो मात्र म्यानचेस्टर सिटीबाट आर्सनल आएका थिए र आर्सनलमा उनको प्रभाव निकै उत्कृष्ट रहेको छ भने आर्सनल हाल लिगको शीर्ष स्थानमा रहेको छ र उनको प्रदर्शनमा ला लिगा क्लब रियल म्याड्रिडको निगरानी रहेको जानकारी छ।
रिपोर्ट अनुसार रियल म्याड्रिडका प्रबन्धक कार्लो एन्सेलोटी ब्राजिलका स्टार स्ट्राइकरका फ्यान हुन् र इटालियन कोचले ग्याब्रियल जेसुसलाई आफ्नो पाँच जनाको सर्टलिस्टमा राखेको जानकारी छ र अर्को वर्षको गर्मीको ट्रान्सफर विन्डोमा उनलाई साइन गर्ने रियलको प्रयास हुन सक्ने छ।
🚨 Real Madrid are to bid for Brazil and Arsenal striker Gabriel Jesus, 25, next summer.
[Source: Sun] pic.twitter.com/AXAGB4kHYL
— Transfer HQ (@Transfer__HQ) October 31, 2022
खबर अनुसार कार्लो एन्सेलोटीले २५ वर्षीय ग्याब्रियल जेसुसलाई करिम बेन्जेमाको दीर्घकालीन प्रतिस्थापन रूपमा हेर्दै आएका छन् र उनलाई साइन गर्न एन्सेलोटी धेरै इच्छुक रहेका छन्।
म्यान सिटीबाट आर्सनलमा €५२ मिलियनमा आएका जेसुसले हाल सम्म आर्सनलको लागि १६ खेल खेल्दै ५ गोल र ७ असिस्ट गरेका छन् भने उनी टिमको एक महत्त्वपूर्ण खेलाडीको रूपमा रहेका छन्।