आर्सनलका पुर्व डिफेन्डरद्वारा सन्यासको घोषणा

एजेन्सी । आर्सनलका पुर्व डिफेन्डर नाचो मोनरियालले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । गत सिजन घुडामा चोट बोकेका मोनरियाल फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

मोनरियालले आर्सनलका लागि २५१ खेल खेलेका थिए । उनी २०१९ मा आर्सनलबाट रियल सोसिड्याडमा आवद्ध भएका थिए ।

उनले सोसिड्याडमा दुई वर्षमा ६९ खेल खेले । गत सिजन घुडामा चोट बोके पछि अधिकांस सिजन मैदान बाहिर रहनु परेको थियो ।

सोसिड्याडले मे मा मोनरियाललाई फुकुवा गर्ने निर्णय गरे पछि उनले सन्यास लिएका हुन ।

मोनरियालले आफ्नो समाजिक सञ्जाल मार्फत फुटबलबाट सन्यास लिएको बताए ।

आर्सनलमा उनले तीन एफए कप जितेका थिए भने सोसिड्याडमा २०२० मा कोपा डेल रे जित्न सफल भएको थियो ।