आर्मी र नयाँबजार क्वाटरफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब र नयाँबजार सामाजिक युथ क्लब शनिबार पाँचौं आरबीबी–एनभीए राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलमा पुरुषतर्फ क्वाटरफाइनलमा पुगेका छन् । समूह ‘ए’ मा नयाँबजारले आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा हराएपछि क्वाटरफाइनल पुग्ने टिमको टुंगो लागेको हो ।

आरजीले पहिलो खेलमा शुक्रबार आर्मीसँग पराजय बेहोरेको थियो । समूहको विजेताको टुंगो भने आर्मी र नयाँबजारबीचको खेलबाट लाग्नेछ । नयाँबजारले आरजीमाथि २५–२०, २५–१६, २५–१८ को सेटमा जित पाएको हो ।

दिनको दोस्रो खेलमा समूह ‘सी’ को खेलमा नेपाल पुलिसले पार्वती भलिबल क्लबबाट वाकओभर पाएको छ ।

महिलातर्फ एपीएफ र त्रिभुवन आर्मीले आ–आफ्नो खेल जितेका छन् । समूह ‘ए’ मा आफ्नो पहिलो खेलेको एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

एपीएएफले २५–४, २५–८, २५–८ को नतिजा निकालेको हो । समूह ‘ए’ मै आर्मीले भरतपुर महानगर खेलकुद परिषद् (बीएमसी) लाई ३–० सेटले हरायो । आर्मीले २५–८, २५–२०, २५–१० को सोझो सेटमा जित पाएको हो ।

आइतबार पार्वती र मणिमुकुन्द तथा हेल्प नेपाल र बुद्धटोन पुरुषतर्फ तथा महिलातर्फ एपीएफ र भरतपुर तथा आर्मी र जावलाखेल भिड्नेछन् ।

@Kantipur

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ