पाँचौ राष्ट्रिय वाणिज्य बैंक एनभिए राष्ट्रिय क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को पहिलो खेलमा आर्मीले आरजी भलिबल ग्रुपलाई ३–० को सेटमा हरायो र आर्मीले २५–९, २५–१६, २५–९ ले जितेको थियो ।
समूह ‘बी’ को अर्को खेलमा एपीएफले बुलबुले रारा क्लबलाई ३–१ सेटमा हरायो । एपीएफले २३–२५, २५–१३, २५–२०, २५–१८ को जित निकालेको थियो ।
यसैगरी महिलातर्फ समूह ‘ए’ को पहिलो खेलमा न्यू डायमन्डले पुलिस क्लबलाई ३–२ को सेटमा हरायो । न्यु डायमन्डले १७–२५, २५–१८, २३–२५, २५–१८, १५–११ को रोमाञ्चक जित निकालेको थियो ।
च्याम्पियनसिपको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले उद्घाटन गरेका थिए ।
@RatoPati