आर्थिक समस्याको कारण नयाँ खेलाडीहरू दर्ता गर्न बार्सा असफल

हाल ला लिगा क्लब बार्सिलोना निकै जटिल आर्थिक समस्यामा फसेको छ जसको कारण आफूले साइन गरेको खेलाडीहरू ला लिगामा रेजिस्टर गर्न बार्सा असफल रहेको छ।

बार्साले यो ट्रान्सफर विन्डोमा मेम्फिस डिपे, एरिक गार्सिया, सर्जियो अगुएरो, र इमरसन जस्ता खेलाडी साइन गरे पनि सो खेलाडीहरूलाई हाल सम्म बार्साले रेजिस्टर गर्न सकेको छैन र यसको ठुलो कारण बार्साले ला लिगाको तलब सीमा पार गर्नु हो।

बार्साका खेलाडीहरू धेरै ठुलो तलबमा रहेका छन् र सो तलब खर्चले ला लिगाको तलब सीमा नियम पार गर्ने हुनले बार्साले आफ्नो नयाँ खेलाडीहरू दर्ता गर्न आफ्नो तलब खर्च घटाउनु पर्ने जानकारी छ। ला लिगाको तलब क्यापको अनुपालन गर्न बार्साले आफ्नो तलब खर्च €२०० मिलियनले घटाउन आवश्यक छ र सो पछि मात्र बार्साले नयाँ खेलाडीहरू दर्ता गर्न पाउने जानकारी छ।

हाल बार्सा आफ्नो तलब खर्च कम गर्न खेलाडीहरू बेच्ने क्रममा रहेको छ। कोनराड डे ला फुएन्टे, जीन-क्लेयर तोडिबो, फ्रान्सिस्को ट्रिनकाओलाई हाल समा बार्साले बेचेको छ भने जुनियर फिर्पोलाई बेच्न पनि नजिक रहेको जानकारी छ।

शमूएल उम्तिति, मिरालेम प्यानिच र कौटिन्होलाई बेच्न पनि बार्सालाई धेरै हतार रहेको छ। उक्त खेलाडीहरूलाई बेचेर पनि बार्साले आफ्नो तलब खर्च धेरै कम गर्न नसक्ने जानकारी छ र खेलाडी बिक्रीबाट आएको रकमको २५% मात्र नयाँ खेलाडीमा लगानी गर्न पाउने नियम ला लिगाको रहेको छ। बार्साले आफ्नो खर्च कम गर्न ग्रिजम्यानलाई पनि बेच्न सक्ने जानकारी छ।