आर्टुरो विडालले बार्सिलोना बिरुद्ध मुद्दा चलाउँदै

आर्टुरो विडालले बार्सिलोना बिरुद्ध मुद्दा हाल्ने भएका छन्।

खबर छ कि बार्सिलोना सँग विडलको €२.५ मिलियन रकमको विवाद छ र उनी अब क्लब माथि मुद्दा हाल्ने योजनामा छन्।

चिली इन्टरनेसनलका वकिलले स्पेनको खेलाडी युनियन (एएफई) मा गुनासो पेश गरेका छन् र उनको बोनसको रकम सम्बन्ध नपाएको खेलाडीको गुनासो छ।

उनि क्लबमा पनि खुसी नरहेको प्रस्ट छ र उनि बार्सिलोना छोड्ने क्रममा छन्।

उनि अब इन्टर मिलानमा जान सक्ने खबर छ जहाँ उनको राष्ट्रिय टोलिका टिम-मेट सान्चेज खेल्दै छन्।