आरबी साल्जबर्गका स्टार मिडफिल्डर साइन गर्न रियल म्याड्रिड इच्छुक

रियाल म्याड्रिड आरबी साल्जबर्गका स्टार मिडफिल्डर डोमिनिक स्जोबोस्लाइलाई भित्राउन इच्छुक रहेको खबर छ।

हंगेरीका स्टार मिडफिल्डरको यो सिजन निकै राम्रो प्रदर्शन रहेको छ भने उनको मद्दतमा हंगेरी युरो २०२०मा क्वालिफाइ हुन सफल भएको छ। खबर अनुसार रियलको विश्वास छ कि उनि नयाँ फेरेन्स पुस्काज बन्न सक्ने छन्।

२० बर्षेका मिडफिल्डरलाई अर्को गर्मीमा रियलले क्लबमा ल्याउने उद्देश्य बनाएको कुरा छ। रियल आफ्नो मिडफिल्ड खेलाडीहरुको औसत उमेर २० राख्न चाहन्छन्।

युवा स्टारका एजेंटले आर्सेनलको र एसी मिलानबाट पनि उनि माथि चासो रहेको कुरा पुष्टि गरेका छन्।

आरबी साल्जबर्ग संग डोमिनिक स्जोबोस्लाइको सम्झौता २०२२ सम्म रहेको छ भने उनको लागि साल्जबर्गले उनको लागि €२५ मिलियनको माग गर्ने कुरा रहेको छ।