आरबी लाइपजिगका स्टार स्ट्राइकर साइन गर्न लिभरपूलले चेल्सी संग प्रतिस्पर्धा गर्ने

लिभरपुल र चेल्सीले आरबी लाइपजिगका स्ट्राइकर टिमो वर्नरको लागि प्रतिस्पर्धा गर्ने भएको छ।

खबर अनुसार लिभरपूलले £६० मिलियन मूल्य रहेको वर्नरको लागि चेल्सीलाई चुनौती दिइरहेको छ।

वर्नर यूरोपीयन फुटबलमा एक उत्कृष्ट स्ट्राइकर को रुपमा अगाडि आएका छन् र बायर्न म्युनिक र रियल म्याड्रिडका साथै दुई प्रिमियर लिग पक्षबाट उनि बाट धेरै प्रभावित भएका छन्।

ब्लूज आफ्नो हस्तान्तरण प्रतिबन्ध फुकुवा भए पछि उनलाई साइन गर्न तिर लागि परेका थिए तर तर जुर्गन क्लोप पनि उक्तस्टार स्ट्राइकरको फ्यान हुन् – जसले यस सिजनमा १८ खेलमा २० गरेका छन्।

वर्नरको दुई गोलको मदतले शनिबार युनियन बर्लिनलाई लाइपजिगले ३-१ले हराएपछि, लाइपजिग बुन्देस्लिगाको शीर्ष स्थानमा पुगेका छन्।