आरबि लेप्जिगको मुख्य प्रशिक्षकमा मार्स्च

एजेन्सी, जेस्से मार्स्च आरबि लेप्जिगको न्या प्रशिक्षकमा नियुक्त भएको छ। जुलियन नेगेल्स्मेन बायर्न म्युनिख लागेसंगै क्लबले मार्स्चलाई मुख्य प्रशिक्षकको जिम्मा दिएको हो।

यी ४७ बर्षिय प्रशिक्षकले आरबि लेप्जिगमा २०१७/२०१८ सिजन राल्फ राग्निकको सहायक प्रशिक्षकको रुपमा कर्यारत थिए। त्यस पछि उनी २०१९ मा आरबि साल्स्बर्ग तर्फ लागे।

उन्ले पहिलो सिजनमै लिग र कप प्रतियोगिता जिताए। जारी सिजनको लिगमा साल्स्बर्ग शिर्ष स्थानमा रहेको छ। दोश्रो स्थानमा रापिड विएन छ।

यसै सिजन उन्लाइ बोरुसिया मोचेङ्लाड्ब्याक र सेल्टिक जस्ता क्लबले अनुबन्धित गर्न चाहे। यद्यपि, उन्ले सिजनको अन्तिममा मात्र आफ्नो निर्णय दिने बताए।

आरबि लेप्जिगका प्रमुख कर्याकारी अधिकृतले क्लबको मुख्य पदमा मार्स्चलाई देख्न पाउँदा खुशी रहेको जानकारी दिए।