आयोजक इंग्ल्यान्ड बिरुद्ध पाकिस्तान खेल्ने

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०१९ मा आज सोमवार पाकिस्तान र इंग्ल्यान्ड बिच प्रतिस्पर्धा हुदैछ। पहिलो खेल हारेको पाकिस्तान आज जोसका साथ जित हासिलका लागि मैदान उत्तिने छ।

लगातार दोस्रो जितको लक्ष्यसहित इंग्ल्यान्ड मैदान उत्तिने छ। इंग्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गदैं बिसाल १०४ रनले विजय भएको थियो ।

तर पाकिस्तानले भने वेष्ट इन्डिजसँग लजास्पद हार बेहोरेको थियो । सो खेल पाकिस्तान ७ विकेटले हारे।

आज हुने खेल दिउँसो नेपाली समय अनुसार ३:१५ मा नोतिगहेममा हुदैँछ ।