आयाक्सको स्टार मिडफिल्डर साइन गर्न बार्सिलोना र युभेन्टस बीच प्रतिस्पर्धा

जनवरीको ट्रान्सफर विन्डोमामा बार्सिलोना आयाक्सको स्टार मिडफिल्डर साइन गर्न चाहन्छन्। आयाक्सका डेस्ट साइन गरेका बार्सा फेरी पनि आयाक्सका अर्को स्टार साइन गर्न तयारीमा रहेको खबर छ।

खबर अनुसार बार्सा आयाक्सको स्टार मिडफिल्डर रायन ग्राभनबर्च साइन गर्न चाहन्छन्। बार्साका कोच कोम्यान उक्त डच मिडफिल्डरको प्रशंसक हुन् भने उनलाई क्लबमा भित्राउने कोम्यानको योजना रहेको छ।

युभेन्टस पनि उनलाई साइन गर्न इच्छुक रहेका छन् र बार्सा संग रायन ग्राभनबर्चको लागि प्रतिस्पर्धा गर्न युभे तयार रहेको कुरा छ।

उनको मूल्य कति हुने कुरा खुलेको छैन भने बार्सा उनलाई साइन गर्नेमा आशावादी रहेका छन् कोम्यान र रायन बीच राम्रो सम्बन्ध रहेको कारण बार्सा विश्वस्त रहेका छन् भने रायनको एजेन्ट राइओला मिनो रहेको कारण युभेन्टस पनि उनलाई साइन गर्ने आफ्नो मौकामा विश्वस्त छन्।

जूनमा मात्र आयाक्स संग मिडफिल्डर रायन ग्राभनबर्चले नयाँ सम्झौता गरेका थिए भने उनको सम्झौता २०२३ सम्म रहेको छ।