बार्सिलोनाको योजना आफ्नो डिफेन्स बलियो गर्ने रहेको छ तर क्लबको आर्थिक अवस्थाको कारण बार्सा केहि गार्हो स्थतिमा रहेको छ। म्यान सिटीका एरिक गार्सिया साइन गर्ने बार्साको योजना रहे पनि सो सफल हुन नसक्दा बार्साले अन्य विकल्पमा आफ्नो ध्यान केन्द्रित गरेको छ।
Barcelona have put Argentine centre-back Lisandro Martínez (22) from Ajax on their alternatives list as they’re looking for a defender in January. Koeman likes the player, who despite his age already has experience in the Champions League, and is versatile. [sport] pic.twitter.com/oVRStbVtoY
— barcacentre (@barcacentre) December 11, 2020
हाल खबर अनुसार आयाक्सका डिफेन्डर लिसान्ड्रो मार्टिनेजमा बार्साको चासो रहेको छ। २२ वर्षका अर्जेन्टाइन डिफेन्डरको प्रदर्शन च्याम्पियन्स लिग निकै राम्रो रहेको थियो।
उनको लेफ्ट ब्याक र मिडफील्डमा कभर गर्ने क्षमता रहेको छ भने साथसाथै सेन्टर-ब्याकमा खेल्ने क्षमता पनि उनीमा रहेको कारण बार्साको लागि मार्टिनेज राम्रो खेलाडी हुन सक्ने छन् ।
Lisandro Martínez, la alternativa del Barcelona para reforzar la defensa
🇦🇷 Desde España aseguran que el nombre del argentino, actual jugador del Ajax, fue puesto sobre la mesa por Ronald Koeman.https://t.co/Dk31Jc1Wz9
— TyC Sports (@TyCSports) December 11, 2020
बार्साको योजना उनलाई लोनमा साइन गरेर पछि सो सम्झौता स्थायी बनाउने रहेको छ भने आयाक्सले बार्साको प्रस्ताव स्वीकार गर्ने वा नगर्ने कुरा स्पष्ट रहेको छैन।