आयाक्सका टाडिचले तोडे मेस्सीको २०११ देखिको कीर्तिमान

नेदरल्याण्डको क्लब आयाक्सका अट्याकर डुस्कान टाडिचले लियोनेल मेस्सीको कीर्तिमान तोडेका छन् ।

मेस्सीले २०११ मा बार्सिलोनाबाट बनाएको सर्वाधिक ३६ असिस्टलाई उछिन्दै टाडिचले १ वर्षमा ३७ असिस्ट्स गर्दै सो कीर्तिमान बनाएको हो ।

अझै के रोचक भन्दा टाडिचले यस वर्ष (२०२१ मा) अझै २ खेल खेल्न बाकी नै छ ।

पुर्व इङलिस क्लब साउथह्याम्पटनका खेलाडीले आयाक्समा निकै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।