आफ्नो हारको दु: ख भुलाई नेमारले मेस्सीलाई यसरी बधाई दिए

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो भने हाल उक्त खेल पछिको एक भिडियो भाइरल हुँदै गएको छ।

कोपा अमेरिका जितले मेस्सीलाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाएको छ। खेलको अन्त्य पछि मेस्सीका टिम मेटहरू मेस्सीको लागि धेरै खुसी थिए र मेस्सीलाई उनको टिम-मेटहरूले बधाई दिँदै गरेको देख्न सकिन्थ्यो तर मेस्सीलाई बधाई दिने अर्जेन्टिना खेलाडीहरू मात्र थिएनन् मेस्सीका पूर्व बार्सा टिम-मेट र ब्राजिलका सुपरस्टार नेमारले पनि उनलाई खेल पछि बधाई दिन अघि बढे।

खेलको अन्त्य पछि नेमार हारबाट दु: खनी र भावनात्मक थिए तर आफ्नो टिमको हारको दु: ख भुलाई उनी मेस्सीलाई बधाई दिन गए र उनले मेस्सी सँग अँगालो मारे।

हाल उक्त क्षणको भिडियो भाइरल हुँदै गएको छ भने नेमारको प्रशंसा पनि हुँदै गएको छ। आफ्नो हारको दु: ख भुलाई आफ्नो पूर्व टिम मेटलाई बधाई दिएको भन्दै उनको परिपक्वताको पनि प्रशंसा हुँदै छ।

माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।खेलको २२ औँ मिनेटमा डी मारियाले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई कोपा अमेरिका जित्न मद्दत गरेका थिए।