आफ्नो स्तर थप माथि लग्न नेमारले प्रयास नगरेको पुर्व बार्सा स्टारको आरोप

फ्रेन्च लिग वानमा लिल विरुद्ध पिएसजी १-०ले हारेको थियो भने सो खेलमा क्लबका सुपरस्टार रेड कार्डको साथ मैदान बाहिरिए। सो खेलको बारे पुर्व पिएसजी र बार्साका फ्रेन्च विंगर लुडोभिक जियुलीले कुरा गरे र उनले नेमारको तुलना ब्राजिलियन लेजेण्ड रोनाल्डिन्हो सँग गरे।

दुबैसँग खेलमा अझै माथि पुग्ने सबै प्रतिभा रहेको तर त्यहाँ पुग्न दुवैले पर्याप्त प्रयास नगरेको उनले दाबी गरे। रोनाल्डिन्होको जस्तो मनोवृत्तिको कारण नेमार पनि धेरै माथि पुग्न असफल रहेको पनि उनले बताए।

टेलिफुटसँग कुरा गर्दा ४४ वर्षीय पुर्व फ्रेन्च विंगरले भने: “म रोनाल्डिन्हो र नेमारको क्यारियरको स्तरमा तुलना गर्ने छु।

“उनीहरूसँग सबै थोक छ आफ्नो क्यारियरमा अझै माथि पुग्न, तर तिनीहरू अझै माथि पुग्न धेरै प्रयास गर्दैनन्।”

२९ वर्षका नेमार हाल विश्व फुटबलको एक सुपरस्टार भए पनि उनी पुग्न सक्ने पूर्ण क्षमतामा उनी नपुगेको लुडोभिकको दाबी छ।

लिल विरुद्धको खेलमा पिएसजीको १-०को हारमा नेमारको रेड कार्ड र प्रदर्शन धेरै चर्चा भएको छ।