आफ्नो स्टार खेलाडीको लागि बायर्न म्युनिखले €१०० मिलियन माग्ने

प्रिमियर लिग क्लब चेल्सी र लिभरपुल बायर्न म्युनिखका स्टार विंगर किंग्सले कोमनलाई साइन गर्न इच्छुक रहेको खबर आउँदै गर्दा बायर्न म्युनिखले उनको मूल्य सेट गरेको खबर छ ।

२४ वर्षका स्टार विंगर बायर्नको एक महत्त्वपूर्ण खेलाडीको रुपमा निर्मित भएका छन् तर क्लब सँग उनको नयाँ सम्झौता वार्ता भने सफल हुन सकेको छैन र उनी क्लब छोड्न इच्छुक रहेको खबर हुँदा चेल्सी र म्यान्चेस्टर युनाइटेडको नजर उनी माथि रहेको बेला बायर्न म्युनिखले उनको लागि €१०० मिलियन माग्ने जानकारी छ।

हाल क्लब र कोमन बिचको सम्झौता विस्तार वार्ता ठप भएको छ र कोमनले आफ्नो तलब वृद्धिको माग गर्दै गरेको जानकारी छ जसमा बायर्नको सहमति भएको छैन। उनको सम्झौता २०२३ सम्म रहे पनि हाल तलबको मुद्दामा उनी खुसी नरहेको उनले क्लब छोड्न सक्ने चर्चा छ र सो अवस्थामा अन्य क्लबहरूको निगरानी रहेको छ।

हाल खबर अनुसार प्रिमियर लिग क्लब चेल्सी र लिभरपुल उनलाई साइन गर्न इच्छुक छन् भने म्यानचेस्टर युनाइटेड सँग पनि उनको नाम जोडिने गरेको छ। हाल युनाइटेडको प्राथमिकता जेडन सान्चो रहेको कारण चेल्सी उनलाई साइन गर्ने मुख्य दाबेदार हुने खबर छ।

बायर्न म्युनिखले भने किंग्सले कोमनलाई क्लबमै राख्ने प्रयास गर्ने खबर छ हाल सम्म बायर्नले गरेको नयाँ सम्झौताको प्रस्ताव स्टार विंगरले स्वीकार गरेका छैनन्।