आफ्नो स्टार मिडफिल्डर बेच्न तयार जिदान

रियल म्याड्रिडका कोच जिदान आउँदो जनवरीमा आफ्नो मिडफिल्डर इस्कोलाई बेच्न तयार हुने खबर छ। इस्कोले यस सिजन च्याम्पियन्स लिगमामा मात्र १३ मिनेट खेलेका छन् र बार्सिलोना, सेविला वा एटलेटिको म्याड्रिड बिरुद्द बेन्चमै रहे।

खबर अनुसार जिदान आउँदो ट्रान्सफर विन्डोमा उनलाई बेच्न तयार हुने छन्। मार्काका अनुसार जिदानको विश्वास अब इस्कोको हुने छैन र उनलाई आफ्नो योजनामा नराख्ने जिदानको सङ्केत रहेको छ।

इस्कोको पनि आफ्नो अवस्थाबाट खुसी छैनन् र उनि पनि क्लब छोड्न तयार हुने छन्। रियल संग उनको सम्झौता २०२२ रहे पनि उनले धेरै मौका नपाउने देखिन्छ र अब जिदानको योजना उनलाई बेच्ने रहेको खुलेको छ।