आफ्नो स्टार मिडफिल्डर बेच्न तयार रियल म्याड्रिड

ला लिगा क्लब रियल म्याड्रिड आफ्नो मिडफिल्डर इस्कोलाई बेच्न तयार हुने खबर छ। हाल इस्को फम रियलमा राम्रो रहेको छैन भने गत सिजन क्लबमा उनले २९ खेलहरू खेले जसमा उनको मात्र २ असिस्ट रहेको छ।

२९ वर्षका मिडफिल्डरको खेलबाट रियल म्याड्रिड खुसी छैन र उनलाई बेच्ने रियलको योजना रहेको जानकारी छ। इस्को र रियल बिचको सम्झौता २०२२मा अन्त्य हुने छ र उनलाई फ्री एजेन्टमा गुमाउनु भन्दा हालको ट्रान्सफर विन्डोमा बेच्नु रियलको लागि राम्रो हुने छ।

इस्को पनि क्लब छोड्न इच्छुक हुने जानकारी छ। जिदानको नेतृत्वमा उनले धेरै खेल समय पाएनन् भने कार्लो एनसेलोटीको टिममा ठाउँ बनाउन पनि उनलाई गार्हो हुने छ।

इस्कोको पनि आफ्नो अवस्थाबाट खुसी छैनन् र सो कारण उनी पनि क्लब छोड्न तयार हुने छन्। रियल सँग उनको सम्झौता २०२२ रहे पनि उनले धेरै मौका नपाउने देखिन्छ र अब रियलले उनलाई £२१ मिलियनमा बेच्ने जानकारी छ।