‘आफ्नो स्टार मिडफिल्डर बेच्न बार्सिलोनालाई हतार’

बार्सिलोना आफ्नो ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्होलाई बेच्न चाहन्छ र उनको लागि खरिददार क्लबको खोजीमा छ। मुन्डो डेपोर्टिभोका अनुसार बार्सा फिलिप काउटिन्होलाई अफलोड गर्न एकदम हताश हुँदै गइरहेको। बार्साले उनको लागि थप £१७ मिलियन तिर्न पर्ने समय नजिक पुगेको बेला उनलाई बार्सा बेच्न चाहन्छ।

£१४० मिलियनको रकममा फिलिप काउटिन्हो २०१८मा बार्सा आए तर उनी क्लबमा सङ्घर्ष गर्दै छन् र उनको खेल सोचेको जस्तो हुन सकेको छैन। उनको ट्रान्सफरको बेला बार्सा र लिभरपुल बिच धेरै सम्झौताहरू भएको छ र उनले बार्साको १०० खेल पुरा गरे लिभरपुलले थप £१७ मिलियन पाउने पनि सम्झौताहरू रहेको थियो।

हाल उनले ९० खेल पुरा गरेका छन् र अझै १० खेल खेले बार्साले फेरी लिभरपुललाई थप £१७ मिलियन तिर्न पर्ने हुने भएको कारण बार्साले उनलाई बेच्ने योजना बनाएको छ।

खबर अनुसार बार्सा उनलाई चाडै बेच्न चाहन्छ र उनको लागि नयाँ क्लबको खोजी तीव्र रहेको छ।