
बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा आउँदो गर्मीमा आफ्नो स्टार फोवार्ड एन्टोनी ग्रिजम्यानलाई बेच्न तयार हुने खबर छ।
Mercato – Barcelone : Déjà un gros problème à venir pour Laporta avec Griezmann ? https://t.co/dYRndutWQc pic.twitter.com/KXA94ivTT0
— le10sport (@le10sport) March 11, 2021
ए एसका अनुसार एन्टोनी ग्रिजम्यानलाई उनले क्लबमा बिक्रीको सूचीमा शीर्ष स्थानमा राखेका छन् र सिजनको अन्त्यमा उनलाई बेच्ने लापोर्टाको योजना छ।
बार्साले उनलाई किन्ने क्लब खोज्न चाहेको कुरा छ र उनलाई बेच्नबाट पछि हट्ने छैन। एटलेटिको म्याड्रिडबाट उनी €१२० मिलियनको मूल्यमा बार्सा आएका थिए तर उनले बार्सामा सोचे जस्तो खेल्न सकेका छैनन् ।
ग्रिजम्यान सँग बार्साको सम्झौता २०२४ सम्म छ र ग्रिजम्यान बार्सामा आफूलाई प्रमाणित गर्न चाहन्छन्।
बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा भने उनलाई थप मौका दिने सोचमा नरहेको देखिन्छ र आउँदो गर्मीमा आफ्नो स्टार फोवार्डलाई बेच्न तयार हुने खबर छ।