आफ्नो स्टार डिफेन्डर सँग सम्झौता विस्तार बारे रियलले सुरु गर्‍यो वार्ता

रियल म्याड्रिडले आफ्नो स्टार डिफेन्डर राफाएल भरान सँग सम्झौता विस्तारको वार्ता सुरु गरेको खबर छ। मार्काका अनुसार रियल म्याड्रिडले नयाँ सम्झौताको बारेमा भरान सँग छलफल सुरु गरिसकेको छ र उनलाई क्लब मै राख्नेमा रियल निर्धक्क रहेको कुरा छ।

फ्रेन्च डिफेन्डरको वर्तमान सम्झौता २०२२ को गर्मीमा समाप्त हुन्छ, र लस ब्लान्कोस अझै धेरै समयको लागि उनलाई क्लबमा राख्न इच्छुक छन्। यो भन्दा अगाडी क्लबको उनी सँगको वार्ता असफल रहेको थियो र उनले क्लब छोड्न सक्ने धेरै चर्चा भएको थियो।

हाल खबर अनुसार दुई बिचको वार्ता राम्रो हुँदै गइरहेको छ र चाँडै नयाँ सम्झौता सम्पन्न हुने अपेक्षा गरिएको छ।

भरान दस वर्ष अघि क्लबमा सामेल भएका थिए, उनलाई साइन गर्ने निर्णय जिदानको थियो त्यस समयमा उनी रियल मैड्रिडका खेल निर्देशकका रूपमा कार्यरत थिए।