म्यान्चेस्टर युनाइटेड आफ्नो गोलकिपर डेभिड दे हेयालाई बेच्न तयार हुने खबर छ। खबर अनुसार ३० वर्षका स्पेनिस गोलकिपरको लागि अन्य क्लबबाट प्रस्ताव सुन्न युनाइटेड तयार हुने छ।
David de Gea is set to leave #mufc at the end of the season. He will still have two years left on his £350,000-a-week contract and United will have to pay up a large slice of that to let him go #mulive [mirror]
— utdreport (@utdreport) April 3, 2021
हाल डेभिड दे हेयाको फम धेरै राम्रो हुन सकेको छैन भने युनाइटेडमा उनको प्रति हप्ताको तलब £३५०,००० रहेको छ र उनलाई बेचेर आफ्नो तलब खर्च कम गर्न युनाइटेड इच्छुक रहेको खुलेको छ। युनाइटेडमा डीन हेंडरसनको राम्रो प्रदर्शन रहेको बेला उनले डेभिड दे हेयाको ठाउँ लिन सक्ने युनाइटेडको विश्वास छ।
David de Gea is set to leave Manchester United at the end of the season.
[via @MullockSMirror] pic.twitter.com/uN2yB5KcNO
— United Zone (@ManUnitedZone_) April 3, 2021
डेभिड दे हेयामा भने फ्रेन्च क्लब पिएसजीको नजर छ। हाल नयाँ गोलकिपरको खोजीमा रहेको पिएसजीले म्यान्चेस्टर युनाइटेडका गोलकिपर डेभिड दे हेयालाई आफ्नो सुचीमा राखेको खबर छ।
PSG are interested in signing Leeds goalkeeper Illan Meslier this summer, who is seen as a cheaper option to Hugo Lloris and David de Gea. Though, Manchester United could be open to offers for De Gea, especially if Dean Henderson becomes first choice keeper.[The National]
— SP⚽RTS CAFE (@MartinEssilfie4) March 27, 2021
द सनका अनुसार पिएसजीका कोच मौरिसियो पोचेटिनोले युनाइटेडका गोलकिपर डेभिड दे हेयालाई आफ्नो मुख्य लक्ष्यको रूपमा पहिचान गरेका छन्। पिएसजीको नयाँ गोलकिपरको खोजी तीव्र रहेको छ भने पिएसजीले एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्मा र स्पर्सका गोलकिपर ह्युगो लोरीसमा पनि चासो देखाएको छ।