आफ्नो स्टार खेलाडी विरुद्ध आर्सनलको थप कडा कारबाही

आर्सनलले आफ्नो स्टार खेलाडी पिएर एमेरिक अबामेयङलाई कप्तानी जिम्मेवारीमा हटाइएको थियो । क्लबको अनुशासन उल्लङ्घन गरेको भन्दै क्लबले कप्तानबाट हटाएको थियो भने उनलाई वेस्ट ह्याम विरुद्धको खेलमा पनि खेलाएको थिएन।

हाल खबर अनुसार उनी विरुद्ध आर्सनलले थप कडा कारबाही गर्ने छ र आउँदो खेलहरूमा पनि उनले नखेल्ने जानकारी छ भने उनलाई प्रशिक्षणमा पनि क्लबका कोच मिकेल अर्टेटा नराखेको जानकारी छ र उनी हाल एक्लै प्रशिक्षण गर्दै गरेको रिपोर्ट छ।

“गत हप्ता पिएर एमेरिक अबमेयङले क्लबको अनुशासन उल्लङ्घन गरेसँगै उनलाई कप्तानबाट हटाइएको छ । उनी बुधवार हुने वेस्ट हाम युनाईटेड विरुद्धको खेलमा टिममा समावेश गरिएको छैन ” क्लबले एक विज्ञप्ति निकाल्दै भनेको थियो भने आउँदो खेलमा पनि आर्सनलले उनलाई नखेलाउने जानकारी रहेको छ।

आउँदो ट्रान्सफर विन्डोमा आर्सनलले उनलाई बेच्न सक्ने चर्चा रहेको छ भने ला लिगा क्लब बार्सा उनलाई भित्राउन इच्छुक रहेको जानकारी छ।