आफ्नो स्टार खेलाडी ओबामयाँगविरुद्ध आर्सनलको कारबाही

WATFORD, ENGLAND - SEPTEMBER 15: Pierre-Emerick Aubameyang of Arsenal (14) and team mates Granit Xhaka and David Luiz react during the Premier League match between Watford FC and Arsenal FC at Vicarage Road on September 15, 2019 in Watford, United Kingdom. (Photo by Marc Atkins/Getty Images)

प्रिमियर लिग क्लब आर्सनलले आफ्नो स्टार खेलाडी पिएर–एमरिक ओबामयाँग विरुद्ध कारबाही गरेको छ। शनिवार प्रिमियर लिगमा आर्सनलले साउथह्याम्प्टनविरुद्ध खेल्दा ओबामयाँग टिममा थिएनन् भने उनले “अनुशासन उल्लङ्घन” गरेको कारण उनलाई टिमबाट बाहिर राखेको क्लबका कोच आर्टेटाले बताएका थिए।

क्लब कप्तानको रुपमा रहेका ओबामयाँग टिममा नरहे पछि फ्यानहरू अचम्मित थिए भने उनको “अनुशासन उल्लङ्घन” के मा रहेको भनेर आर्टेटाले खुलाएका थिएनन्। आर्टेटाले उनको गल्ती नखुलाए पनि खबर अनुसार ओबामयाँग विदेशको यात्राबाट ढिलो फर्किनु थियो।

अनुमतिको साथ उनी बेलायतबाट बाहिर गए पनि समयमा नफर्के पछि उनी माथि आर्सनलले कारबाही गरेको खबर छ।

उनी फर्किन ढिलो हुनुको कारण भने महामारीको कारण भएको उडान जटिलता रहेको रिपोर्ट छ। पिएर–एमरिक ओबामयाँगको हाल फम पनि धेरै राम्रो हुन सकेको छैन भने साउथह्याम्प्टनविरुद्ध खेल गुमाए पछि उनको थप आलोचना हुँदै गरेको छ।

उक्त खेल भने आर्सनलले ३-०ले जितेको थियो। हाल १६ खेलमा ८ जितको साथ आर्सनल लिगको छैटौँ स्थानमा रहेको छ।