आफ्नो स्टार खेलाडीलाई बेच्न बार्सा तयार

ला लिगा क्लब बार्सिलोना आफ्नो स्टार फुल ब्याक सर्जिनो डेस्टलाई लोनमा पठाउन तयार हुने खबर रहेको छ।

२१ वर्षका डेस्टलाई चेल्सी र एट्लेटिको म्याड्रिड लगायत धेरै क्लबहरूले लक्षित गर्दै आएको छ, र उनका एजेन्टले डेस्ट जनवरीमा नयाँ क्लबमा जान सक्ने सुझाव दिएका छन् भने बार्सा पनि उनलाई बेच्न तयार हुने खबर छ।

युवा स्टारले बार्साको लागि यो सिजन १२ खेल खेल्दै ३ असिस्ट गरेका छन् तर तर बार्सिलोना लेजेन्ड ड्यानी अल्भेसको पुनरागमनसँगै उनको खेल समय घटना सक्ने सम्भावना रहेको छ।

बार्साले २०२१ को ग्रीष्मको ट्रान्सफर विन्डोमा डेस्टको लागि आएको धेरै प्रस्तावहरू अस्वीकार गरेको थियो तर हाल उनलाई क्लब छोड्न दिन बार्सा इच्छुक हुने खबर छ।

बार्सा हाल खराब आर्थिक अवस्थामा रहेको छ र आफ्नो खेलाडी बेचेर क्लबको तलब खर्च काम गर्न बार्सा बाध्य रहेको बेला बार्सिलोना आफ्नो स्टार फुल ब्याक सर्जिनो डेस्टलाई लोनमा पठाउन तयार हुने छ। उनलाई साइन गर्न प्रिमियर लिग क्लब चेल्सी इच्छुक रहेको खबर छ भने चेल्सीले आउँदो समय उनको लागि प्रस्ताव गर्न सक्ने रिपोर्ट छ।