आफ्नो स्टार खेलाडीको लागि खरिददार खोज्दै बार्सा

ला लिगा क्लब बार्सिलोनाले आउँदो ट्रान्सफर विन्डोमा पनि आफ्नो स्टार खेलाडी फिलिप काउटिन्होलाई बेच्ने प्रयास गर्ने भएको छ। धेरै समय देखि काउटिन्होलाई बेच्ने प्रयासमा बार्सा रहेको छ भने उनलाई साइन गर्न खरिददार क्लब भने बार्सा खोज्न असफल रहेको छ।

२०१८मा €१३५ मिलियनमा लिभरपुलबाट बार्सामा आएका ब्राजिलियन स्टारले आफ्नो नयाँ क्लबमा सोचे अनुरूप खेल्न सकेनन् भने उनले धेरै जस्तो समय लोनमा बिताए भने हाल उनी खेल समयको लागि सङ्घर्ष गर्दै छन्।

आउँदो ट्रान्सफर विन्डोमा भने उनलाई अफ-लोड गर्ने बार्साको योजना छ भने उनको लागि खरिददारको खोजीमा बार्सा रहेको जानकारी छ। बार्साले उनलाई न्यूकासल युनाइटेड र टोटेनहम हटस्परमा प्रस्ताव गर्न सक्ने जानकारी छ।

काउटिन्हो पनि बार्सा छोड्न इच्छुक हुने जानकारी छ भने प्रिमियर लिगमा फर्किने उनको प्राथमिकता हुने रिपोर्ट छ गत वर्ष पनि उनको नाम टोटेनहम र आर्सनल जस्तो क्लब सँग जोडिए पनि उक्त ट्रान्सफर सफल भएको थिएन भने २०२२मा उनलाई बेच्ने बार्साको विश्वास छ।