डच फुटबल क्लब आयाक्सले युरोपा लिगको टिमको लागि आफ्नो नयाँ स्टार सेबास्टियन हेलरको नाम गल्तीले बुझाउन बिर्सिएको खबर छ।
UN-BE-LIEV-A-BLE! Sebastian Haller is not in the squad Ajax has submitted for the #UEL. Unclear if Ajax forgot to put him on or if something else went wrong… #Ajax #Haller
— All About Ajax (@AllAboutAjax) February 3, 2021
उनलाई आयाक्सले €२२.५ मिलियनमा साइन गरेको थियो र क्लबमा उनको प्रदर्शन निकै राम्रो थियो र युरोपा लिगमा उनले क्लबलाई मद्दत गर्ने फ्यानहरूको विश्वास थियो तर उनले अब युरोपा लिग खेल्नबाट वञ्चित हुन सक्ने खबर छ।
If it is Ajax who forgot to include him Haller will not be eligible to play for the club in Europe this season.
— All About Ajax (@AllAboutAjax) February 3, 2021
युरोपा र च्याम्पियन्स लिगको ग्रुपको खेलहरू अघि र ग्रुपको खेलहरू अन्त्य भए पछि क्लबहरूले आफ्नो २५ खेलाडीको टिम-सिट बुझाउन पर्ने हुन्छ र खबर अनुसार आयाक्सको नयाँ स्टार खेलाडीको नाम नै छुटेको छ। हाल यो गल्ती क्लबकै हो कि डच फुटबल सङ्घको वा यूईएफएको भनेर स्पष्ट भएको छैन।
यदि गल्तीले आयाक्साको हो भने सेबास्टियन हेलरले यो सिजन युरोपा खेल्न पाउने छैनन्।