‘आफ्नो लागि भन्दा, मेस्सीको लागि कोपा अमेरिका जित्न चाहन्छु’ – सर्जियो अगुएरो

सर्जियो अगुएरोले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन शतप्रतिशत योगदान दिने बताएका छन ।

एक अन्तर्वार्तामा कुरा गर्दै अगुएरोले आफूले आफ्ना लागि भन्दा पनि मेस्सीको लागि अन्तर्राष्ट्रिय उपाधि जित्न चाहेको बताए ।

‘म मेरो लागि भन्दा पनि मेस्सीको लागि कोपा अमेरिका जित्न बढी उत्साहित छु,’ अगुएरोले भनेका छन्, ‘किनभने, उनी लामो समयदेखि देशका लागि खेलिरहेका छन् । र, पटक–पटक विक्षिप्त बन्दै आएका छन् ।’

‘हामीसँग अनुभवी र युवा खेलाडीको राम्रो संयोजन छ । मलाई विश्वास छ, यसपटक हामी च्याम्पियन बन्नेछौं,’ अगुएरोले थपे ।

शनिबार बिहानबाट सुरु हुने कोपा अमेरिकामा साब्कि उपविजेता अर्जेन्टिना समूह ‘बी’मा छ । सो समूहमा उसले कोलम्बिया, प्याराग्वे र कतारको सामना गर्नेछ ।

अर्जेन्टिना यसअघि भएको संस्करणको फाइनलमा पेनाल्टी सुटआउटमा चिलेसँग पराजित भएको थियो ।