आफ्नो युवा स्टार सँग बार्सा आक्रोशित 

ला लिगा क्लब बार्सिलोनाले आफ्नो युवा स्टार इलेक्स मोरिबाबाट आक्रोशित रहेको खबर छ। मोरिबा क्लब सँग नयाँ सम्झौता गर्न अस्वीकार गर्दै छन् र सो कुराबाट बार्सा खुसी छैन।

गत सिजन सिनियर टिममा डेब्यू गरेका इलेक्स मोरिबाले रोनाल्ड कोम्यानको लागि १४ खेल खेले भने उनको खेल राम्रो रहेको थियो जसको कारण बार्साले उनी सँग सम्झौता विस्तार गर्ने योजना बनाएको थियो तर १८ वर्षका युवा स्टारले बार्साको सम्झौता विस्तारको प्रस्ताव अस्वीकार गरेका छन् ।

१८ वर्षका युवा खेलाडी बार्साका एकेडेमी ला मासियका उत्पादन हुन् र अर्को वर्ष उनको बार्सा सँग सम्झौता अन्त्य हुने छ र उनी फ्री एजेन्ट बन्ने छन् र उनलाई साइन गर्न अन्य क्लबहरू इच्छुक रहेको बेला उनलाई फ्री एजेन्टमा गुमाउनु बार्साको लागि ठुलो नोक्सान हुने छ।

उनको व्यवहारबाट बार्सा खुसी छैन भने क्लबका बार्सिलोना फुटबल प्रमुख राफेल युस्टेले उनको आलोचना गरेका छन्।

युस्टेले भने, “यदि उनले आफ्नो स्थिति परिवर्तन गर्दैनन् भने उनको क्लबमा कुनै भविष्य छैन।

“यो धेरै महत्त्वपूर्ण छ कि यो सन्देश क्लब मा सबै युवाहरू सम्म पुग्ने छ, क्लब को लागी यो कठिन क्षण मा।

“उनीहरूलाई थाहा हुनु पर्छ पैसा सबै थोक होइन, र उनीहरू एफसी बार्सिलोना को लागी खेल्न को लागी उत्साहित हुनु पर्छ।”

सम्झौता विस्तार गर्न अस्वीकार गर्दै गरेका युवा स्टारलाई बार्साले बि टिममा पनि ‘डिमोट’ गरेको थियो तर हाल सम्म उनले सम्झौता विस्तार गरेका छैनन्।