आफ्नो युवा स्टारको लागि रियलले यति रकम माग्ने

रियाल म्याड्रिड आउँदो गर्मीको ट्रान्सफर विन्डोमा मार्टिन ओडेगार्डलाई बेच्न इच्छुक रहेको खबर छ र राम्रो प्रस्ताव आए उनलाई बेच्ने रियलको योजना रहेको जानकारी छ।

हाल मार्टिन ओडेगार्ड लोनमा प्रिमियर लिग क्लब अर्सेनलमा छन् र उनको खेल धेरै राम्रो रहेको कारण अर्सेनल उनलाई स्थायी रुपमा साइन गर्न इच्छुक रहेको कुरा छ । ओडेगार्ड पनि रियल छोड्न इच्छुक हुने जानकारी रहेको बेला रियलको निर्णय अन्तिम हुने छ।

खबर अनुसार रियलले उनको लागि €६० मिलियनको माग गर्ने छ। रियल हाल एम्बाप्पे र हालान्द जस्तो स्टार खेलाडी साइन गर्न रकम जम्मा गर्न चाहन्छ र ओडेगार्डलाई बेच्ने रियलको योजना हुने खबर छ।

मार्टिन ओडेगार्डको खेल अर्सेनलमा राम्रो रहेको छ भने उनले नियमित खेल समय पाएका छन्। अर्सेनलका कोच मिकेल अर्टेटा पनि उनको खेलबाट धेरै सन्तुष्ट छन्।