सुपरस्टार मेसीका दुई छोरा शनिबार आफ्नो बुवाको उत्कृष्ट फ्री किकबाट धेरै खुसी देखिन्थे । शनिबार भएको खेलमा बार्सिलोनाले ग्रेनेडालाई ४–०ले पराजित गरेको थियो र सो खेलमा मेस्सीले निकै उत्कृष्ट फ्री किक गोल गरेका थिए।
Mateo Messi celebrating Messi’s goal 🥰 pic.twitter.com/85JNulQVlr
— Reshad Rahman ✆ (@HagridFCB) January 9, 2021
हाल सामाजिक संजाल मेसीको उत्कृष्ट गोल पछि उनको दुई छोरा खुसी भएर सेलिब्रेट गरेको भिडियो भाइरल हुदै गएको छ।
ग्रिजमनले १२औं मिनेटमा गोलको खाता खोलेपछि ६३ औं मिनेटमा आफ्नो दोस्रो गोल गरे । यसबीच मेसीले ३५ र ४२ औं मिनेटमा गोल गरे । यो जितपछि बार्सिलोना ३४ अंकसाथ तेस्रो स्थानमा उक्लेको छ ।
Lionel Messi's latest free kick goal just killed Ray Hudson 😂 pic.twitter.com/rdxL6ymXSW
— JAKE BUCKLEY 🇦🇺 (@TheMasterBucks) January 9, 2021
रियल म्याड्रिड ३७ अंकसाथ दोस्रो स्थानमा छ । उसले शनिबारको अर्को खेलमा ओसासुनासँग निराशाजनक गोलरहित बराबरीमा चित्त बुझायो । यस्तै सेभियाले रियल सोसिडाडलाई ३–२ ले हरायो ।
लिगको सुरुआतमा राम्रो प्रदर्शन गरेको सोसिडाड यो हारपछि ३० अंकसाथ पाँचौं स्थानमा रह्यो । एटलेटिको म्याड्रिड र एथलेटिको बिलबाओबीचको खेल भने खराब मौसमका कारण रद्द गरिएको छ ।