आफ्नो प्रतिभाले बार्सालाई गलत प्रमाणित गरे लुइस स्वारेजले

एटलेटिको म्याड्रिड हाल ला लिगाको उपाधि जितेको छ र सो जितको श्रेय पुर्व बार्सा स्टार लुइस स्वारेजलाई पनि जान्छ उनको उत्कृष्ट प्रदर्शनको कारण एटलेटिकोलाई धेरै फाइदा भएको छ भने उनि यो सिजन एटलेटिकोको शीर्ष गोल स्कोरेर पनि बने।

एटलेटिको म्याड्रिड संग लिग लुइस स्वारेजले ला लिगा जिते पछि बार्सिलोना उक्त निर्णय कत्तिको खराब थियो भनेर प्रमाणित भएको छ। ३४ वर्षका स्टारलाई नयाँ कोच कोम्यानले आफ्नो योजनामा राखेनन् र उनी फ्री एजेन्टको रुपमा एटलेटिको गए। कोम्यानले स्वारेजमा आफ्नो विश्वास राखेनन् तर हाल स्वारेजले आफु प्रति शंका गर्नेहरुलाई गलत प्रमाणित गरेका छन्।

स्वारेज बार्सामा आफु प्रतिको व्यवहारबाट धेरै दु: खी थिए उनले बार्साले आफ्नो कदर नगरेको पनि बताएका थिए भने हाल उनले आफ्नो आफ्नो प्रतिभाले बार्सालाई गलत प्रमाणित गरेका छन्।

यो सिजन उनले लिगमा ३० खेलमा २१ गोल गरे। स्वारेजको गोलहरु एटलेटिको लिगको लागि धेरै महत्त्वपूर्ण थियो।

बार्साले उनको विकल्पको रुपमा मार्टिन ब्रेथवेटको प्रयोग गर्दै आएका छन् तर उनको भन्दा स्वारेजको खेल र तथ्या .्क राम्रो रहेको छ।

उनलाई क्लबमा नराख्ने निर्णयले मेस्सी पनि असन्तुष्ट थिए भने कोम्यानले उनलाई धेरै मौका पनि दिएनन् र आफ्नो प्रतिद्वन्द्वी क्लबमा उनलाई जान दिए र स्वारेजले आफ्नो प्रतिभाले बार्सालाई गलत प्रमाणित गर्दै छन्।