आफ्नो प्रतिभाले बार्सालाई गलत प्रमाणित गर्दै लुइस स्वारेज

एटलेटिको म्याड्रिड हाल लिगमा १० अंकको अग्रताको साथ शीर्ष स्थान छ र एटलेटिकोको उत्कृष्ट खेलको श्रेय पुर्व बार्सा स्टार लुइस स्वारेजलाई पनि जान्छ उनको उत्कृष्ट प्रदर्शनको कारण एटलेटिकोलाई धेरै फाइदा भएको छ।

३४ वर्षका स्टारलाई नयाँ कोच कोम्यानले आफ्नो योजनामा राखेनन् र उनी फ्री एजेन्टको रुपमा एटलेटिको गए। कोम्यानले स्वारेजमा आफ्नो विश्वास राखेनन् र स्वारेजले आफु प्रति शंका गर्नेहरुलाई गलत प्रमाणित गर्दै आएका छन्।

स्वारेजले हाल सम्म लिगमा १२ गोल गरेका छन् उनी हाल लिगको शीर्ष स्कोरेर हुन्।

आइतबार भएको खेलमा पनि स्वारेजले क्यदिजबिरुद्ध २ गोल गरे सो खेल एटलेटिकोले ४-२ले जितेको थियो। बार्साले उनको विकल्पको रुपमा मार्टिन ब्रेथवेटको प्रयोग गर्दै आएका छन् तर उनको भन्दा स्वारेजको खेल र तथ्या .्क राम्रो रहेको छ।

Stats By Daily Mail

उनलाई क्लबमा नराख्ने निर्णयले मेस्सी पनि असन्तुष्ट थिए भने कोम्यानले उनलाई धेरै मौका पनि दिएनन् र आफ्नो प्रतिद्वन्द्वी क्लबमा उनलाई जान दिए र स्वारेजले आफ्नो प्रतिभाले बार्सालाई गलत प्रमाणित गर्दै छन्।