आफ्नो पूर्व स्टारलाई फिर्ता गर्ने तयारीमा बार्सा 

इन्टर मिलानका स्ट्राइकर एलेक्सिस सान्चेज साइन गर्न बार्सिलोना इच्छुक रहेको जानकारी छ। खबर अनुसार एलेक्सिसलाई साइन गर्ने बार्साले आफ्नो खेलाडी लुक डे जोङलालाई इन्टरलाई दिन तयार हुने खबर छ भने उक्त सम्झौता लोनमा गर्न बार्सा इच्छुक रहेको जानकारी छ।

३२ वर्षीय फरवार्डले यस सिजन इन्टरका लागि मात्र दुई सुरुवात गरेका छन् र सिरी ए च्याम्पियन्स उनलाई लोनमा बार्सामा पठाउन तयार रहेको जानकारी छ।

इन्टरसँग उनको सम्झौता जुन २०२३ सम्म रहेको छ तर उनलाई बार्सामा लोनमा पठाउने र उक्त लोन सम्झौता अन्त्य भए पछि स्थायी रुपमा उनलाई बेच्न इन्टर तयार हुने खबर छ। ला लिगा प्रतिद्वन्द्वी सेभिल्लाबाट हाल बार्सिलोनामा लोनमा रहेका डे जोङ भने इन्टरमा जान सक्ने छन् तर यसको लागि सेभिल्लाले यो कदम स्वीकृत गर्नु पर्ने छ।

एलेक्सिसले बार्सामा ३ वर्ष बिताएका छन्। २०१४मा उनी प्रिमियर लिग क्लब आर्सनलमा गएका थिए र आर्सनलमा उनको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो र उनलाई २०१८मा म्यानचेस्टर युनाइटेडले किनेको थियो तर युनाइटेडमा उनको खेल राम्रो हुन सकेन भने हाल उनी इन्टर मिलानमा रहेका छन्।