आफ्नो पूर्व मिडफिल्डर फिर्ता गर्न रियल म्याड्रिड इच्छुक 

रियल म्याड्रिड आफ्नो पूर्व मिडफिल्डर हामेस रोद्रिगेसलाई फेरी साइन गर्न इच्छुक रहेको खबर छ। रियल म्याड्रिडका नयाँ कोच कार्लो एन्सेलोटी उनलाई रियलमा फिर्ता गर्न इच्छुक रहेको र उनले रियल सामु सो माग गरेको खबर छ।

कार्लो एन्सेलोटी एभर्टनमा हुँदा उनले हामेस रोद्रिगेसलाई रियलबाट साइन गरेका थिए भने रियलले पनि २०१४ कार्लो एन्सेलोटीकै पहलमा उनलाई साइन गरेको थियो। कार्लो एन्सेलोटी उनको ठुलो प्रशंसक रहेका छन्।

कार्लो एन्सेलोटीको कारण आफूले एभर्टनमा खेल्ने निर्णय लिएको हामेस रोद्रिगेसले बताएका थिए भने हाल रियलमा जिदानको प्रस्थान पछि कार्लो एन्सेलोटी रियलमा फर्केका छन्।

हाल खबर अनुसार एन्सेलोटी आफू सँग उनलाई पनि रियलमा फिर्ता गर्ने योजना रहेको खबर छ भने कार्लो एन्सेलोटीले रियल सँग सो माग पनि गरेको खबर छ।

कोलम्बियन स्टारको एभर्टन सँग थप १२ महिना सम्झौता रहेको थियो। रियलमा खेल समयको अभावको कारण हामेस रोद्रिगेसले एभर्टनमा खेल्ने निर्णय लिए जहाँ उनको आफ्नो पूर्व कोच सँग पूर्ण मिलन भएको थियो। प्रिमियर लिगमा उनको खेल राम्रो रहेको थियो भने उनी टिमको महत्त्वपूर्ण खेलाडी बनेका थिए।