आफ्नो पूर्व खेलाडी फिर्ता गर्न पिएसजी इच्छुक

पिएसजी आफ्नो पुर्व राइट ब्याक सर्ज औरिएरलाई साइन गर्न इच्छुक रहेको खबर छ। फ्रेन्च क्लब पिएसजी हाल नयाँ राइट ब्याकको खोजीमा रहेको छ र अर्सेनलका हेक्टर बेल्लेरिनमा पिएसजीको नजरमा रहेको चर्चा हुँदै गर्दा टोटनह्यामका सर्ज औरिएर माथि पनि पिएसजीले आफ्नो नजर राखेको जानकारी छ।

सर्ज औरिएर २०१५ देखि २०१७ सम्म पिएसजीमा थिए र २०१७मा उनी प्रिमियर लिग क्लब टोटनह्याममा आएका थिए।

हाल खबर अनुसार पिएसजी उनलाई फेरी साइन गर्न इच्छुक छन्। पिएसजीका नयाँ कोच मौरिसियो पोचेटिनो पुर्व स्पर्स कोच हुन् र उनी सँग सर्ज औरिएरको राम्रो सम्बन्ध रहेको छ।

सर्ज औरिएरको खेल स्पर्समा राम्रो रहे पनि क्लबको अवस्था हाल राम्रो छैन। स्पर्स युरोपा लिगबाट पनि बाहिरिएको छ भने लिगको सातौँ स्थानमा रहेको छ। खबर अनुसार सर्ज औरिएर पनि क्लब छोड्न इच्छुक हुन सक्ने छन्।