आफ्नो पूर्व क्लब विरुद्ध गोल गरे पछि यसरी सेलिब्रेट गरे खेलाडीले

सामान्यतया आफ्नो पूर्व क्लब विरुद्ध गोल गरे पछि खेलाडीहरू सम्मानको रूपमा सेलिब्रेट गरेन गर्दैनन् तर इङ्गल्यान्डको तेस्रो डिभिजनको लिगमा खेलमा न्यूपोर्ट काउन्टीका स्ट्राइकर केविन एलिसनले आफ्नो पूर्व टिम विरुद्ध गोल गरे पछि अनौठो रूपमा सेलिब्रेट गरे।

न्यूपोर्ट काउन्टी र मोरेकैम्बे बिचको खेलमा स्ट्राइकर केविन एलिसनले न्यूपोर्ट काउन्टीको लागि गोल गरे र उनी पूर्व मोरेकैम्बे खेलाडी हुन् र गोल गरे पछि उनी आफ्नो पूर्व कोच डेरेक एडम्सको अगाडी गएर निकै आक्रामक रूपमा सेलिब्रेट गरे भने उनले आफ्नो पूर्व कोचलाई गाली गरेको पनि खबर छ।

७९औ मिनेटमा क्लबको तेस्रो गोल गरे पछि उनले टच लाइनमा रहेका मोरेकैम्बेका कोचको अनुहार अगाडी सेलिब्रेट गरेर देखाए भने हाल सो भिडियो निकै भाइरल हुँदै गएको छ।

उक्त खेल न्यूपोर्ट काउन्टीले ३-१ले जितेको थियो र न्यूपोर्ट हाल लिगको चौथो स्थानमा रहेको छ।