आफ्नो पुर्व स्ट्राइकरलाई फेरी साइन गर्ने प्रयासमा युभेन्टस

इटालियन क्लब युभेन्टस आफ्नो पुर्व खेलाडी मोइस केनलाई साइन गर्न इच्छुक रहेको खबर छ । मोइस केन हाल एभर्टनबाट पिएसजीमा लोनमा छन् भने एभर्टनमा जानु अगाडी उनी युभेका खेलाडी थिए।

मोइस केन युभेन्टसको यूथ एकेडेमीको उत्पादन हुन्, २०१९मा उनि युभेन्टसबाट एभर्टनमा गएका थिए। हाल उनको खेल निकै राम्रो रहेको छ भने उनलाई युभेन्टस फेरी साइन गर्ने योजना बनाएको छ।

युभेले लोनमा आएका मोराटालाई स्थायी रूपमा साइन नगर्न भए पछि आफ्नो पुर्व स्ट्राइकरलाई फेरी साइन गर्ने योजना बनाएको खबर छ।

पिएसजी पनि २१ वर्षका स्टार फोवार्डलाई स्थायी रूपमा साइन गर्न इच्छुक रहेको जानकारी छ। खबर अनुसार एभर्टनले उनको लागि ६० मिलियन सम्मको माग गर्न सक्ने छ।

आफ्नो दुई खेलाडीहरू दिएर उनलाई साइन गर्ने युभेन्टसको योजना रहेको पनि चर्चा छ।